पुष ३, २०८१ बुधबार
बाँकेको गनापुर हाइबे होटल भित्र अन्दाजी ४१ वर्सका सुपारी नेपाली ( पिटर) भन्ने भन्ने ब्यक्तिको खुकुरी प्रहार बाट हत्या भएको छ। हत्याको आरोपमा होटल संचालक कोहलपुर कौशिलानगरकि निर्मला चन्द र पिप्रहवा घर भएका मिश्रिलाल गडरियालाइ पक्राउ गरिएको ईलाका प्रहरी कोहलपुरका प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिनुभएको छ । मङ्सिर ३० गते राती करिब १ बजे हत्या भएको खबर पाएपछि ईलाका प्रहरी कोहलपुरको टोलि उक्त स्थानमा पुगेको थियो , मृतक सुपारी नेपालीको शबलाई पोस्टमार्टमका लागि भेरी अस्पताल लगिएको छ भने मृतक नेपालीको घर पहिले जाजरकोट भएको र अहिले बाँकेको बैजनाथ गाउँ पालिका वडा न ६ मा बस्दै आएका थिए ।
Leave A Comment