Latest
img

कोहलपुर कभर हाउस एन्ड मोबाइल सेन्टरको सफलता , १०० जनालाई किस्ताबन्दीमा मोबाइल बेच्न सफल

कोहलपुर, बैशाख २७ – कोहलपुर बजारमा रहेको कोहलपुर कभर हाउस एन्ड मोबाइल सेन्टरले साउन  महिनादेखि चैत्र महिनासम्म १०० जना ग्राहकलाई सामसुङ मोबाइल किस्ताबन्दीमा बिक्री गर्न सफल भएको छ। यस उपलब्धिको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरी केक काट्दै सफलताको उत्सव मनाइएको छ।

कार्यक्रममा कम्पनीका सिनियर सेल्स म्यानेजर खड्क बहादुर रावत, बाँके–बर्दिया क्षेत्रका सामसुङ मोबाइल डिस्ट्रीब्युटर दिपेन्द्र बिस्ट, तथा एरिया सेल्स म्यानेजर अभिषेक शर्माले संयुक्त रूपमा केक काटेर सेन्टरकी संचालक कौशिला नेपाललाई बधाई दिँदै आगामी दिनमा अझ ठूलो सफलताको शुभकामना व्यक्त गरेका थिए।

संचालक नेपालले ग्राहकहरूको विश्वास र सहकार्यले गर्दा यस्तो उपलब्धि सम्भव भएको बताउँदै आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएकी छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment