बैसाख ६, २०८२ शनिबार
कोहलपुर, बैशाख ६ – कोहलपुर–११ स्थित आर.एम. अस्पताल प्रा. लि. मा आज आयोजित नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको शिविरमा सयौं सेवाग्राहीहरूले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा हाडजोर्नी, छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर रोग विशेषज्ञ डा. गोपाल पौडेल, गाइनोकोलोजी विशेषज्ञ डा. कविता सिन्हा र डा. होमनाथ अधिकारीले सेवा प्रदान गर्नुभएको थियो। डाक्टर गोपाल पौडेलले हाडजोर्नी , छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर रोगको निशुल्क चेकजाँच तथा परामर्श दिनुभएको हो । त्यसैगरि गाइनोकोलोजिस्ट डाक्टर कविता सिन्हा र डाक्टर होमनाथ अधिकारीले महिलाहरूका स्वास्थ्य समस्या, गर्भाशय, महिनावारी तथा अन्य स्त्री रोगहरूबारे नि:शुल्क परामर्श तथा चेकजाँच गर्नुभएको थियो।
शिविरमा सहभागी नागरिकहरूले नि:शुल्क ओ.पी.डी सेवा, प्रयोगशाला तथा एक्स–रे सेवामा ५० प्रतिशत छुट प्राप्त गरेका थिए।
आर.एम. अस्पतालले नयाँ वर्ष २०८२ को अवसरमा जनताको स्वास्थ्यप्रति जागरुकता अभिवृद्धि गर्ने उद्देश्यले यो शिविर सञ्चालन गरेको हो। अस्पताल व्यवस्थापनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवा कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
Leave A Comment