जेठ २८, २०८२ मंगलबार
केहि दिन अगाडि कोहलपुरको ३ स्टार मोबाइल पसलबाट अनुसन्धान र नार्को बिभागको प्रहरी भन्दै ५ लाख असुली गरेको घटना सेलाउन नपाउदै कोहलपुरको जिसि मासु पसलमा आज दिउँसो करिब १ बजेको समयमा मासु किन्न आएका ग्राहकले ५ केजि मासु इमर्जेन्सी चाहिएको भन्दै काट्न लगाएर साहुले मासु काटिरहेको मौका छोपि गल्लामा भएको नगद ३२ हजार रुपैया चोरेर फरार भएका छन । घटनापछि ईलाका प्रहरी कोहलपुरको टोलि पसल पुगेर अनुसन्धान गरेको छ।
अब यता कोहलपुरमा रहेको ३ स्टार मोबाइलको प्रसङ्गलाइ जोडौ , मोबाइल पसलबाट पाँच लाख रूपैयाँ असुल गर्नेमा प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा र सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी रहेका छन् । खान र बर्माद्वय लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) राजेन्द्रप्रसाद भट्टले बाँके, बर्दिया जिल्ला हेर्नेगरी खटाएका घुमुवा प्रहरी हुन् । प्रहरी स्रोतका अनुसार दुवैजनाको दरबन्दी प्रहरीको लागूऔषध ब्युरोमा रहेपनि डीआइजी भट्टले दुई जिल्ला हेर्नेगरी मौखिक रूपमा जिम्मा दिएका थिए । त्यस्तै अर्का चौधरी चौलिकामा रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट खटिएका सशस्त्र प्रहरीका घुमुवा हुन् । कसैले धम्क्याउदैमा ५ लाख रुपैयाँ दिने ३ स्टार मोबाइल पसल संचालकले केहि कमजोरी लुकाउन पैसा दिएकि वा इलेक्ट्रोनिक ब्यबसायि संघ अध्यक्ष गोबिन्द भण्डारीले मोबाईल पसल संचालकलाइ कसैले पैसाको बार्गेनिङ गर्दा प्रहरीमा खबर गर्ने होकि प्रहरी हु भन्दै अनाधिकृतरूपमा पैसा बार्गेनिङ गर्ने सङ्ग पैसा बुझाउन जाने हो गहिरो अनुसन्धान गर्नुपर्ने देखिएको छ । हेरौ ब्लड ग्रुप पोजेटिभ हुनु भएका कोहलपुर का डिएसपी लक्ष्मि खनालको अनुसन्धान कतिको निस्पक्ष र प्रभाबकारि हुन्छ त्यो भने हेर्न बाकि छ ।
Leave A Comment