बैसाख १३, २०८२ शनिबार
उमेरले ५१ वर्स , अगाडिको दुइटा दात नभएका , धन बहादुर सुनार बैरागी काइला अँखा नदेखेपनी सारङ्गीको धुनमा मिठो गित गाउनुहुन्छ , जन्मेको ६ महिनामानै आखाको ज्योति गुमाउनु भएका बैरागी काइलाले १२ वर्ष अगाडि लेखेको गित भगवानलाई झुक्ने गराउछु गितका गायक कमल बिसि माल्दाइ करिब १२ वर्षपछि उहाँकै घर पुग्दा छिमेकीहरुको समेत हेर्न ताती लागेको थियो ।
बर्दिया बढैया ताल गाउँपालिका वडा न ८ कन्ठपुरका स्थानीय दृस्टीबिहिन सर्जक बैरागीकाइलाको गित जनमानसमाको ओठमा झुन्डिएपनि उनी भने गुमनाम र गरिबीमा बाचिरहेको थाहा पाएपछि गायक कमल बिसि माल्दाइ उनलाइ थोरै भएपनी आर्थिक सहयोग होस भनेर नगद १० हजार सहयोग गर्नुभएको छ ।
बर्दियाका गुमनाम सर्जक बैरागी काइला आफ्नो जिन्दगी निर्बाह गर्न सारङ्गी रेटेर गाउघरमा गित गाउदै गरेको र गित मनपराएर दिएको पैसाबाट घरपरिबारको जोहो गर्ने गरेको उनले बताए । उनको घरको आर्थिक जोहो गर्ने माध्यम बनेको सारङ्गी समेत तारचुटेर अहिले राम्रो सङ्ग बज्दैन त्यैपनि बैरागी काइला भने न गित गाउन रोकिएका छन न त सारङ्गी रेट्न ।
आर्थिकरूपमा बिपन्न , दृस्ठिबिहिन बैरागी काइलाकी श्रीमती समेत आँखा देख्नुहुन्न , उहाहरुको जिन्दगीमा अभाव धेरै छ , तरपनि उहाहरु हासीखुसी जिन्दगी बिताइरानु भएको छ , न उहाँहरु खुसीहुन रोकिनु भएको छ न त उहाँको सारङ्गिको तारबाट निस्कने मिठो धुन रोकिएको छ , सायद उहाँकै गित अनुसारको भाब झल्किछ जिन्दगीमा समेत ।
Leave A Comment