मंग्सिर २१, २०८० बिहिबार
हिकमत कुमार शाही कोहलपुर
राप्रपा केन्द्रिय सदस्य खुस्बु ओलि संग नेपालगन्ज आएको बेला साहारा टिभीका पत्रकार हिमान्शु शाहिले गरेको कुराकानी हामिले राखेका छौ । भिडियो अन्तरबार्तामा ओलिले राजतन्त्र नभएर राप्रपाले राजसस्था मात्र चाहेको र अहिलेको लोकतान्त्रिक गणतन्त्रले मुलुकलाई निकास दिन नसकेको कारण राजा आउनु पर्ने बताउनु भएको हो । राष्ट्रपतिले जुन तरिकाले अभिभावकको भुमिका निभाउनु पर्ने हो त्यो पूरा हुन नसकेको र राष्ट्रपतिले देशको साझा अभिभावक भन्दापनि पार्टी बाट परिचालित भएको कारण त्यो ठाउमा राजसस्थाको आवश्यकता भएको बताउनु भयो । राप्रपा केन्द्रिय सदस्य ओलिले गणतन्त्रले पुर्णरूपमा महिलाको हकअधिकारको लागि काम गर्न नसकेको र बिश्वबैंकको विवरण अनुसार अहिले झन महिलाबालबालिकाको अवस्था कमजोर भएको बताउनु भएको हो । प्रदेशसरकारको कुनै पनि देखिने काम नभएको नदेखिएको र बरु संघीयतालाई बरु खारेज गरेर त्यो खर्च बाट बच्ने पैसाले देशको बिकास गर्न सकिने र लोकतान्त्रिक गणतन्त्रको विकल्प भन्दापनि राजसस्था अभिभाकत्वको भुमिका दिनु पर्ने बताउनु भयो । कुराकानीको अन्त्यमा ओलिले घाट त फर्केर आउँछ भने राजा पनि फर्केर आउने बिश्वास ब्यक्त गर्नु भएको हो ।
Leave A Comment