मंग्सिर २३, २०८० शनिबार
हिकमत कुमार शाही कोहलपुर
कोहलपुर नगरपालिका भित्र रहेका ब्यबसायीहरुले आफ्नो ब्यापार नभएको बेला समेत घरभेटीहरुले सटरभाडा नघटाएको गुनासो गरेका छन । ब्यापारीको पक्षमा काम गर्नको लागि बनेको उधोग बाणिज्य संघ कोहलपुरले समेत कुनै भुमिका नखेलेको कोहलपुरको श्री बम प्लास्टिक एन्ड फर्निचरका संचालक शिव गौतमले साहारा टिभीलाई बताउनु भयो । कोहलपुरमा पहिलेको अवस्थाको जस्तो ब्यापार नभएको र गाह्रो भएको र कोहलपुर पिपलचौतारा नजिक १६ सटरजति बेचेर बिदेश पलायन भएको कोहलपुरका ब्यबसायी शिव गौतमले बताउनु भयो । कोहलपुर रहेका केही ब्यबासायी सङ्ग हामीले कोहलपुरको ब्यापारको बिसयमा एउटा भिडियो रिपोर्ट तयार पारेका छौ ।
Leave A Comment