मंग्सिर २४, २०८० आइतबार
हिकमत कुमार शाही कोहलपुर
नेपालगन्ज बिधुत प्राधिकरणले मनोमानी ढंगले रुख काटेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले मुद्दा हालेको छ । बाँके जिल्ला अदालत र पुनराबेदन अदालत तुलसीपुर नेपालगन्ज अगाडि रहेका रुखहरु बिधुतप्राधिकरणले मनोमानी ढंगले काटेपछि सर्बत आलोचना भएको हो । रुख काटेको बिसयमा हामीले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रसान्त बिस्टलाई प्रश्न गरेका थियौ जबाफमा नगरप्रमुख बिस्टले रुख कटानको बिसयमा उपमहानगरपालिकाले मुद्दा हालेको र रुखकटानको सम्पुर्ण क्षतिपूर्ति बिधुतप्राधिकरण बाट तिराइने बताउनु भयो । रुखकटानकै बिसयमा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुखको कमरिद्दुन राइले अमानवीयता भएको बताउनु भएको छ साथै आउँदा दिनमा यस्ता गल्ति नदोहोर्याउनलाई समेत कानुनी प्रक्रियामा नगरजाने बताउनु भएको छ । यहि बिसयमा हामिले बिधुतप्राधिकरण नेपालगन्ज बितरन प्रमुख जगनाथ लामिछाने संग प्रश्न गरेका थियौ जबाफ लामिछानेले रुखहरुको हागाले बिधुत तारमा छुने अवस्था आएको कारण रुखको हागा काट्नु परेको बताउनु भएको हो ।
Leave A Comment