मंग्सिर २५, २०८० सोमबार
हिकमत कुमार शाही कोहलपुर
ब्यबसाय तथा ब्यबसायी उत्थान संघर्ष समिती बाँके बर्दियाले नेपाल राष्ट्र बैंक तथा जिल्ला प्रशासन बाँकेलाई आज ज्ञापन पत्र बुझाएको छ । नेपाल सरकारको अब्यबहारिक कर नीति , बैंक तथा बित्तीय सस्थाको मनोमानी तथा खुल्ला सिमानाको असरबाट उधोगी ब्यबसायिले भोग्न परेका समस्या समाधानकालागि एक्यवद्धताको नारा सहित नेपाल राष्ट्र बैंक निमित्त प्रमुख राम कुमार कार्की र जिल्ला प्रशासन बाँके प्रमुख श्रवण पोख्रेललाई उधोग बाणिज्य संघ नेपालगन्जका महासचिव तथा अध्यक्षले ज्ञापन पत्र बाचन गर्दै बुझाएका थिए । कार्यक्रममा नेपालगन्ज उधोग बाणिज्य संघका निबर्तमान अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ , जंगल सेन्टर प्लजाका संचालक देबानन्द अर्याल , बर्दिया ,कोहलपुर नेपालगन्जका १०० जना जति ब्यबसायीहरुको उपस्थिति रहेको थियो । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालगन्ज उधोग बाणिज्य संघका अध्यक्ष टंक धामिले यथाशीघ्र सरकारले ब्यापारीका मागहरु सुनवाइ हुने पर्ने ब्यबसयीका मागलाई बेवास्था गरिए चरणबद्द रूपमा आन्दोलन गर्ने उहाले बताउनु भयो ।
Leave A Comment