Latest
img

सिमित ब्यक्तिको स्वार्थ र कमिसनको लोभमा निर्माण भएको कोहलपुरको ७ करोडको भ्युटावर ।

हिकमत कुमार शाही कोहलपुर

कोहलपुर नगरपालिका गोलपार्क अबस्थित १० तले भ्युटावर निर्माण भइसक्दा समेत संचालनमा आउन सकेको छैन । कोहलपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख लुट बहादुर रावत हुदा निर्माणसुचारु भएको भ्युटावर बनेको महिनौ बितिसक्दा समेत संचालनमा नआउदा यति बेला चर्को आलोचना भइरहेको छ । करिब ७ करोडको लगानीमा बनेको भ्युटवरमा लिफ्टमार्फत तलमाथी गर्ने ब्यबस्था रहेको छ । भ्युटावर संचालनको लागि कोहलपुर नगरपालिकाले बारम्बार टेन्डर आह्वान गर्दा समेत कुनै कम्पनी भ्युटावर संचालनका लागि इच्छुक देखिएका छैनन । भ्युटावर संचालनको लागि कुनैपनि कम्पनी इच्छुक नदेखिएपछी कोहलपुर नगरपालिकाले सबैभन्दा कम रेट बार्सिक २४ लाखमा टेन्डर आव्हान गरेपनी कसैले टावर संचालन गर्ने आबेदन नदिएपछि कोहलपुरको १० तले भ्युटावर संचालनमा आउन नसकेको हो । कोहलपुर नगरपालिका तत्कालीन नगरप्रमुखले भ्युटावर निर्माण हुँदै गर्दा ठूलो सपना नगरबासीलाई बाडेका थिए उनले कोहलपुरमा भ्युटावर संचालन आएपछि कोहलपुर कयापलट हुने बताएका थिए तर दुर्भाग्य कोहलपुर गोलपार्कको भ्युटावर निर्माणकाम सम्पन्न भएर टेन्डर आह्वान गर्दासमेत कुनै कम्पनीले बार्सिक २४ लाखमा आदेबन नदिनुले भ्युटावरमा ७ करोड लगानी लगाउनु बालुवामा पानी खनाएझै ब्यर्थ भएको कोहलपुरबासी बताउछन। कोहलपुरमा बिकासका क्षेत्रमा लगानी गर्नु पर्ने धेरै ठाउँ हुदा समेत केही ब्यक्तीका सिमित स्वार्थ , कमिसनका लोभले भ्युटावर जस्तो उत्पादनशिल ठाउमा लगानी भएको स्थानीयको आरोप छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment