टार्जन ओलि कोहलपुर
सवारी ज्यान मुद्दमा २ वर्ष कैद सजाय तोकिएका खजुरा गाउँपालिका मा बासोबास गर्दै आएका अब्दुल रहमान जोलाहलाई प्रहरी ले पक्राउ गरेको छ ।
बाँके को खजुरा गाउँपालिका मा बासोबास गर्दै आएका अब्दुल रहमान जोलाहलाई २०७९ मंसिर २० गते सवारी ज्यान मुद्द चले पनि फरार भएका थिए । जिल्ला अदालत बाँके ले २०७९ मंसिर २० गते गरेको को फैसलाले बाँके जिल्ला खजुरा गा.पा.५ उढारापुर बस्ने वर्ष २८ को अब्दुल रहमान जोलाहलाई सवारी ज्यान मुद्दमा २ वर्ष कैद सजाय तोकिएको थियो ।
हाल सम्म फरार भएका अब्दुल रहमान जोलाह लाई बाँके जिल्ला अदालत को कार्यालयबाट खटिएको प्रहरी टोलिले २०८० मंसिर २९ गते पक्राउ गरेको हो । पक्राउ परेका अब्दुल रहमान जोलाह लाई जिल्ला अदालतमा बाँके मा बुझाएको हो ।
Leave A Comment