Latest
img

नेपालगन्ज महोत्सव पुस ५ गते देखि संचालन हुँदै ।

भोलि पुष ५ गते देखि सञ्चालन हुने छैठो नेपालगञ्ज महोत्सव २०८० को तयारी पूरा भएको छ । कृषि लाई विशेष प्राथमिकता दिँदै कृषि पर्यटक, औद्योगिक, व्यापार तथा सांस्कृतिक प्रदर्शनी महोत्सव को तयारी पूरा भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ स्थित सडक डिभिजन कार्यालय परिसर मा यही पुस ५ गते देखि १७ गते सम्म संचालन हुने महोत्सव को तयारी पूरा भएको छ ।महोत्सव स्थल मा २ सय बढी स्तल निर्माण सहित डान्स तथा नृत्य प्रतियगिता को समेत तयारी पूरा भएको छ । ए .जी. सर्भिस प्रा.ली नेपालगञ्ज ले आयोजना गर्न लागेको महोत्सव मा झण्डै ३ लाख बढी दर्शक को उपस्थिति रहने आयोजक ले बताएको छ । महोत्सव अवलोकन समय बिहान १० बजे देखि साँझ ७ बजे सम्म निर्धारण गरिएको छ ।महोत्सव अवलोकन का लागि साधारण का लागि प्रति व्यक्ति १०० रुपैयाँ र विद्यार्थीहरू का लागि ८० रुपैयाँ निर्धारण गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment