Latest
img

प्रथम प्याब्सन कोहलपुर नगरस्तरीय रनिङ शिल्ड भोलिबाट सुरु ।

टार्जन वली कोहलपुर

प्रथम प्याब्सन कोहलपुर नगर स्तरीय रनिङ शिल्ड खेलकुद प्रतियगिता २०८० भोलि पुस ६ गते देखि सञ्चालन को लागि तयारी पूरा भएको छ । कोहलपुर नगरपालिका वडा नं २ स्थित १३ बिघा को प्राङ्गण मा यही ६ गते देखि पुस ८ गते सम्म संचालन हुने प्रथम प्याब्सन रनिङ शिल्ड को तयारी पूरा भएको छ । नेपाल को शैक्षिक क्षेत्र मा आमूल परिवर्तन का लागि निजी क्षेत्र बाट संचालित विद्यालय हरु को छाता संगठन प्याब्सन नेपाल स्थापना गरी शिक्षा प्रदान गर्दै आइरहेको संस्था हो ।देश ले सबै क्षेत्र मा परिवर्तन खोजिरहेको बेला खेलकुद क्षेत्र मा पनि विकास चाहिएको ले प्याब्सन ले आफ्नो भूमिका निभाउन लागेको कोहलपुर प्याब्सन ले बताएको छ । प्याब्सन ले सञ्चालन गर्न लागेको रनिङ शिल्ड मा मा.वि तह मा २० ,आधारभूत तह मा ७ गरी जम्मा २७ विद्यालय ले दर्ता गरेको छन् । रनिङ शिल्ड मा भलिबल ,कबड्डी ,फुटसल जस्ता अन्य खेल पनि हुने प्याब्सन ले बताएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment