पुष ८, २०८० आइतबार
हिकमत कुमार शाही कोहलपुर
जिल्ला ट्राफिक बाँके प्रहरी सहायक निरीक्षक मदन मातर आफ्नो फरक कामले जिल्लामा परिचीत छन । ट्राफिक प्रहरीको रूपमा नेपालगन्जमा हुदा समेत उनको कामको निकै चर्चा भएको थियो , ट्राफिक प्रहरी मातरले नेपालगन्ज कारकादो चोकमा आफै खटिएर काठमाडौ जस्तै हातको इशाराले ट्राफिक ब्यबस्थापन गर्दा उहाको जताततै वाहवाही भएको थियो । कोहलपुर हाइस्कुल कार्यक्षेत्र भएका प्रहरी सहायक निरीक्षक यति बेला बिद्यार्थीहरुलाइ दैनिकरूपमा ट्राफिक नियमको कुरा सिकाइरहनु भएको हुन्छ । बिद्यार्थीहरुलाइ बाटो कसरी काट्ने देखि जाडोयाममा बिहान साझको बेला धेरै भिजिबिलिटी नहुदा सवारीचालकले पर्याप्त नदेख्ने भएकै कारण दुर्घटना हुन सक्ने संभावना कम गर्न बिद्यार्थीको झोलामा स्टिकर टास्दा फाइदा पुग्ने बताउनु भएको हो । ट्राफिक प्रहरी मतारले त्रिभुवन माध्यमिक बिधालय हाइस्कुलका बिद्यार्थीहरुलाइ सडकमा साइकल चलाउदा एक लाइन भएर हिड्नु पर्ने ,बाटो काट्दा पहिला रोक्ने , हेर्ने अनि जाने जस्ता महत्त्वपूर्ण ट्राफिक नियमहरु पालन गर्नु पर्ने बताउनु भएको हो ।
Leave A Comment