पुष १६, २०८० सोमबार
बालसुधारगृह नौबस्ताका बालकैदिहरुले बालसुधार गृह आफ्नो नियन्त्रणमा लिएका छन । हातमा लठ्ठी रड सहित ११६ जना बालकैदिहरुले सुरक्षामा खटिएका प्रहरी समेतलाई भित्र जान दिएका छैनन भने आफ्नो माग पुरा नभए आन्दोलन जारी राख्ने बताएका छन। बाँके जिल्ला बैजानाथ गाउँपालिका वडा न ३ नौबस्तामा रहेको बालसुधार गृहका कैदिबन्दीको भनाइ अनुसार प्रशासनले खेल्ने , खाने आफुहरुलाइ प्रहरीहरुले कुटपिट गर्ने गरेको गुनासो ब्यक्त गरेका हुन । बालसुधार गृहमा झडप भन्ने समाचार आएपछि साहारा टिभिका पत्रकारले हिमान्शु शाहीले प्रत्यक्ष बालसुधारगृह बालकैदीहरु संग कुराकानी गरेका हुन । करिब ३ दिनदेखि आन्दोलनरत बालकैदीहरुले खाना खाएका छैनन भने सुरक्षामा खटिएका प्रहरीसमेत खाना खान दिएका छैनन ।आन्दोलनरत बालकैदी संग बार्ता गर्न बाँके सहायक जिल्ला अधिकारी हिजो आउँदा समेत बालकैदीहरुले आफ्नो अडान नछोडेको एक प्रहरीले साहारा टिभीलाई बताए । ईलाका प्रहरी कोहलपुरका डिएसपी सुन्दर तिवारीले बालकैदि संग निरन्तर सम्बाद गरिरहनु भएको छ ।
Leave A Comment