पुष १९, २०८० बिहिबार
राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापालाई कोहलपुर नगर पार्टी कार्यलयमा आज स्वागत गरिएको छ । राप्रपा कोहलपुर नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठले एक कार्यक्रमका बिच अध्यक्ष थापालाई स्वागत गर्नु भएको हो । अध्यक्ष थापाले नेपालमा हिन्दुराज्य अहिलेको आवश्यकता भएको र निरन्तरता सहितको परिबर्तन चाहिएको बताउनु भएको हो । थापाले धर्मकर्म घरमा मन्दिरमा घन्टी बजाएर मात्र नहुने भएकाले अब हिन्दुधर्मको रक्षाको लागि हिन्दुबादीहरु सडकमा उत्रिनु पर्ने बताउनु भएको हो । नेपालमा राजसस्था र हिन्दु राज्यको एजेन्डा बोकेर हिड्ने पार्टी राप्रपा नेपाल भएका राजाबादी शक्ति भर्ममा नपर्ने आग्रह गर्नु भएको हो । राप्रपा नेपाल कोहलपुर नगर अध्यक्ष प्रमात कुमार श्रेष्ठले सबै दाजुभाइ दिदिबहिनीहरुले एकजुट भएर आफ्नो सनातन हिन्दु धर्म सस्कृती र पहिचानका लागि लड्नु पर्ने बताउनु भयो । गणतन्त्र अहिलेको अबस्थामा असफल भइसकेको अबस्थामा राजसस्थाको बिकल्प गणतन्त्र हुन नसक्ने बताउनु भएको छ । स्वागत कार्यक्रममा पार्टीका सहायक महामन्त्री तेजबिक्रम शाह , केन्द्रिय सदस्य लक्ष्मी कुमारी हमाल , अभय बस्नेत सुरेन्द्र गुप्ता मोहम्मदखालिद इराकी , बाँके जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंहका साथै बांके जिल्ल्ला उपाध्यक्ष यज्ञ राज उपाध्याय लगायत पार्टीका अन्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
Leave A Comment