Latest
img

कोहलपुर उधोग बाणिज्य संघ स्थापनाको २५ वर्स पूरा । नबनिर्मित भवन उद्द्घाटन । (भिडियो सहित)

हिक्मत कुमार शाही कोहलपुर

कोहलपुर उधोग बाणिज्य संघको १० औ साधारण सभातथा २५ औ रजत जयन्ती आज भब्यरूपमा सम्पन्न भएको छ । उधोग बाणिज्य महासंघ केन्द्रिय अध्यक्ष चन्द्र ढकाल प्रमुख अथितीको रूपमा उपस्थित हुने भनिएको कार्यक्रममा अध्यक्ष प्राबिधिक कारणबस आउन नसकेको आयोजकले बताएको छ । यधपी कोहलपुर उधोग बाणिज्य संघ कोहलपुरको नबनिर्मित भवनको उद्दघाटन भने बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष ढकालको भर्चुअल उपस्थितिमा गराइएको थियो । भर्चुअल माध्यमबाट उद्द्घाटन भएको बाणिज्य संघको कार्यक्रममा बोल्दै ढकालले ब्यबसायीहरुको पिडालाई आत्मबोध गरेको बताउनु भएको हो । अध्यक्ष ढकालले आफू ब्यबसायिको हक अधिकारको लागि निरन्तर रूपमा लागिरहेको र आफ्नो सकृयताका कारण धेरै बैंकले १ डिजिटमा ब्याजदर कायम गरेको बताउदै सबै बैंकहरुले एक डिजिटमा कर्जा लगानीको बाताबरणका लागि महासंघ लागिपरेको बताएका छन । कार्यक्रममा उपस्थित नेपाल उधोग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष कृष्ण बैधले कोहलपुर बसपार्कमा भाडामा ब्यबसाय गर्दै आएका व्यापारी पलायन हुँदै गएको बिसय चिन्ताको बिसय रहेको बताउनु भएको हो । साथै उपाध्यक्ष बैधले ५ करोडमा बनेको भ्युटावरका लागि उचित मापदण्ड र मुल्यांकनका साथ दिनेहो भने नेपाल उधोग बाणिज्य महासंघले उधोग बाणिज्य संघ कोहलपुरको अगुवाईमा संचालन गर्न तयार रहेको बताएका छन । कार्यक्रममा उधोग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेलले उपस्थित अथितीहरुलाइ स्वागत गर्नु भएको थियो भने कालो झन्डा कस्ले कसलाइ देखाउन खोजेको भन्दै प्रतिप्रश्न समेत गर्नु भएको थियो । कोहलपुरमा ब्यबसाय गर्दागर्दै बिभिनकारणले ज्यान गुमाउने ब्यबसायीहरुलाई स्मरण गर्नुका साथै मृतकहरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्नु भएको हो । ब्यापार मेलाको टिकट बिक्रीबाट उठेको रकम प्रतीटिकट १ रुपैयाँ छुट्टाएको ५० हजारको चेक नेपाल रेडक्रस सोसाइटी कोहलपुरका निबर्तमान अध्यक्ष नारायण गौडेललाई हस्तान्तरण गरिएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment