Latest
img

१ करोड ११ लाख मुल्यको सफारी एयर सस्पेन्सर एसि बस , जसमा छ , सुत्ने बेड , ट्वाइलेट।

के तपाईं घरमा सुते जसरी नेपालगन्ज देखि काठमाडौ बसमा जान चाहनुहुन्छ , झट्ट सुन्दा तपाईंलाई बिश्वास लागेन होलापनी अब बिश्वास गर्नुहोस किनभने मध्यपश्चिम् जनसेवा यातायात प्राली कोहलपुरले १ करोड ११ लाखको मुल्यमा सफारी एयरसस्पेनसर एसि बस ल्याएको छ जसमा तपाईंलाई सुत्न बेडको ब्यबस्था मात्र होइन ट्वाइलेटको ब्यबस्था समेत रहेको छ । अझै अचम्मको कुरा त यति सुबिधा र महङ्गो गाडि हुदा समेत भाडा भने बढाइएको छैन ।

मध्यपश्चिम जनसेवा यातायात प्राली कोहलपुरले सफारी एयर सन्स्पेसर एसि बसको आज उद्द्घाटन गरेको छ ।कोहलपुरको नयाँबसपार्कमा सार्बजनिक यातायात केन्द्रिय महासंघ नेपालका केन्द्रिय अध्यक्ष डाक्टर डोलनाथ खनालको हात बाट रिबन काटेर उद्द्घाटन गरिएको हो । कोहलपुरका यातायात ब्यबसायीहरुको उपस्थिती रहेको उद्द्घटान कार्यक्रममा बोल्दै मध्यपश्चिम जनसेवा यातायात प्रालिका अध्यक्ष बिश्वराज खनालले नेपालगन्ज देखि काठमाडौको यात्रा सहज र आरामदायी बनाउन आफुहरुले महङ्गो गाडी भित्राएको बताउनु भएको थियो । सफारी एयर सस्पेन्सर एसि बसमा सुतेर जानेका लागि बेडको ब्यबस्था र सिटमा सिङ्ग्ल र डबल सिटको ब्यबस्थका साथै महिला र पुरुषलाई छुट्टाछुट्टै ट्वाइलेटको समेत ब्यबस्था रहेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment