पुष २४, २०८१ बुधबार
कोहलपुर, पुस २४ – कोहलपुरको रेडक्रस मार्गमा एक निजी र एक सरकारी गाडी ठोक्किँदा दुर्घटना भएको छ। बा प्र ०१-०३ ०६ नम्बरको बिवाइडी प्राइभेट कार र बा १ झ ७६५८ नम्बरको सरकारी गाडी तीव्र गतिमा हुँदा एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि दुवै गाडीमा सवार केही व्यक्तिहरू सामान्य घाइते भएका छन्। प्रहरी घटनास्थलमा पुगेको छ र प्रारम्भिक अनुसन्धानबाट ओभरस्पिड दुर्घटनाको मुख्य कारण भएको पत्ता लागेको छ।
दुर्घटनाका कारण सडक केही समय अवरुद्ध भए पनि अहिले यातायात पुनः सुचारु भएको छ। थप अनुसन्धान भइरहेको छ।
साहारा टिभी खबर
Leave A Comment