माघ ६, २०८१ आइतबार
कोहलपुर, पुस ७ – १५ औं क्रीसा रनिङ शिल्ड खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। तीन पालिकाका २६ विद्यालय सहभागी यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति उत्साह बढाउनुका साथै विद्यालयहरूको क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्यो।
प्रतियोगितामा मार्चपासतर्फ जनज्योति पब्लिक माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भयो। कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुल दोस्रो, नोबेल इङलिस मिडियम स्कुल तेस्रो, र दिव्य विधा सदन स्कुलले चौथो स्थान प्राप्त गरे।
अन्डर १२ फुटबल प्रतियोगितातर्फ कोहलपुर पञ्चमुखी स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान जित्यो। हिमालय विधा निकेतन दोस्रो र स्काइल्यान्ड इङलिस मिडियम स्कुल तेस्रो स्थानमा रहे।
भलिबल प्रतिस्पर्धामा ब्राइटलाइट एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हात पार्यो। ग्रीन पिस स्कुल दोस्रो र दीपज्योती स्कुल तेस्रो स्थानमा रहे।
गोल्ड मेडल सूची:
आधारभूत तहतर्फ हिमालय विधा निकेतनले चार गोल्ड जित्दै उत्कृष्ट प्रदर्शन गर्यो। जनज्योति पब्लिक स्कुलले तीन गोल्डसहित दोस्रो र ग्रीन पिस स्कुलले दुई गोल्डसहित तेस्रो स्थान हात पारे।
माध्यमिक तहमा दीपज्योती स्कुलले पाँच गोल्ड जित्दै पहिलो स्थान सुरक्षित गर्यो। हिमालय विधा निकेतनले दुई गोल्ड र पाँच सिल्भरसहित दोस्रो, र प्रयत्न इङलिस मिडियम स्कुल तथा जनज्योति पब्लिक स्कुलले समान दुई गोल्ड र दुई ब्रोनजसहित तेस्रो स्थान हासिल गरे।
पुस ४ गतेदेखि सुरू भएको प्रतियोगितामा फुटबल, भलिबल, र एथलेटिक्स खेलहरू समावेश थिए। विजेता खेलाडीहरूलाई मेडल, प्रमाणपत्र, र ट्रफी प्रदान गरिएको थियो। यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदको महत्त्वबारे जागरूकता बढाउँदै उनीहरूको प्रतिभा प्रोत्साहन गरेको आयोजकले जनाएको छ।
Leave A Comment