माघ १५, २०८१ मंगलबार
कोहलपुर, बाँके: कोहलपुर नगरपालिकामा नीलसागर सेवाश्रमको आयोजनामा पाँच दिने निराहार भूतपस्या ध्यान कार्यक्रम आजदेखि सुरु भएको छ। डा. योगी विकाशानन्दज्युका शिष्य मनोक्रान्ति अद्वैतज्यूको नेतृत्वमा सञ्चालन हुने यो कार्यक्रम २०८१ माघ १५ गते सुरु भएको हो भने यो निराहार व्रत ९ दिनेसम्म चल्ने आयोजकले बताएको छ ।
आयोजकका आनुसार , मनोक्रान्ति अद्वैतज्यूले जमिनमुनि ९ दिनसम्म केही पनि नखाई निराहार व्रत बस्नुभएको छ। आयोजकका अनुसार यस अवधिमा उहाँले केवल पानी पिउने अनुमति पाउनुभएको छ। यो ध्यान विधिले मानसिक शान्ति र आत्मशुद्धि प्राप्त गर्न सहयोग गर्ने विश्वास गरिएको छ।
कार्यक्रमको उद्घाटन समारोहमा कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्य, नगरउपप्रमुख संगिता सुवेदी, वडा अध्यक्षहरू, र स्थानीय श्रद्धालुहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम खुल्ला मञ्च, न्यूटाउन, कोहलपुरमा सञ्चालन भइरहेको छ। आयोजकले यस्तो ध्यान विधिले समाजमा आध्यात्मिक चेतनाको जागरण ल्याउने विश्वास व्यक्त गरेका छन्। सहभागीहरूलाई ध्यान विधिमा सहभागी भई लाभ उठाउन आह्वान गरिएको छ।
Leave A Comment