Latest
img

दुर्गा प्रसाइको आन्दोलन ब्यक्तिगत स्वार्थ मात्र हो । डा आरजु राणा देउबा । (भिडियो सहित )

आरजु राणा देउवाले मेडिकल ब्यबसायी दुर्गा प्रसाईं को आन्दोलन ब्यक्तीगत स्वार्थले संचालित भएको बताउनु भएको छ । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा समानुपातिक प्रतिनिधि सभा सदस्य डा आरजु राणा देउबा नेपालगन्ज उपमहानगरपालिकाको आयोजनमा आएको कार्यक्रममा साहारा टिभी खबर डटकमका पत्रकार हिमान्शु शाही सङ्ग अन्तरबार्ताका क्रममा उक्त कुरा बताउनु भएको हो । डा राणा ले गणतन्त्रको बिकल्प राजतन्त्र हुन नसक्ने तथा राजतन्त्र सजिलो नगएको र त्यसका लागि जनताले ठूलो बलिदान गर्नु परेको बताउनु भयो । गणतन्त्र आमजनतालाई समेट्ने राज्यब्यबस्था भएको र राजतन्त्र केन्द्रीकृत भएकाले अब जनताले साथ नदिने बताउनु भएको थियो । पत्रकार हिमान्शु शाहिको अब बन्ने सरकारको समीकरणको बारेमा सोधिएको प्रश्नमा आफू भन्दा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डलाई बुझ्न जबाफ दिनु भएको थियो  ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment