मंग्सिर १७, २०८० आइतबार
हिकमत कुमार शाही कोहलपुर
नेपाल भुपु सैनिक बिकास समिति कोहलपुरले जाजरकोट भुकम्प पीडित परिबारलाई पुर्ननिर्मानका लागि २ लाखको राहत सामाग्री सहयोग गरेको छ । सैनिक बिकास समिति कोहलपुर कार्यलयमा आज एक कार्यक्रमका बिच समितिका अध्यक्ष क्याप्टेन कुमार राना उपाध्यक्ष पदम आचार्य ले जस्तापाता , कम्मल लगायतका सामान भुकम्प पीडितका आफन्तहरुलाइ हस्तान्तरण गर्नु भएको हो । नेपाल भुपु सैनिक बिकास समितीले यो भन्दा अघिपनि जाजरकोट भुकम्प पीडितलाई राहत बितरन गरेको थियो तर जाजरकोट भुकम्प पीडितहरुले राहत सामाग्री नपाएको भन्दै मिडियामा गुनासो गरेपछि समितीले पीडितका आफन्तलाई कोहलपुर कार्यलयमा बोलाएर प्रत्यक्ष १३५ वटा जस्तापाता र कम्मल सहयोग गरेको हो । नेपाल भुपु सैनिक बिकास समिति कोहलपुरको राहत बितरण कार्यक्रम करिब ६० जना पुर्ब भारतिय सैनिकको उपस्थिति रहेको थियो ।
Leave A Comment