Latest
img

जमुनाह नाकामा पैदल यात्रु र मोटरसाइकललाई अलग अलग हिड्ने लेन आजबाट सुचारु ।

हिकमत कुमार शाही कोहलपुर

नेपालगन्ज भन्सार बिभागले यात्रु आवतजावतको सहजताको लागि भारतिय सिमा जमुनाहमा ब्यारिङसिस्टम आज बाट सुचारु गरेको छ । नेपालगन्ज भन्सार प्रमुखको रूपमा आउनु भएका धुर्बराज बिश्वकर्माको योजना अनुसार आज बाट नै यात्रु र मोटरसाइकल र अटोका लागि अलग अलग लेन बनाइएको हो । दैनिक करिब २५ हजार ब्यक्तीहरुले आवतजावत गर्ने जमुनाह भन्सार नाकामा पैदल यात्रुलाई एक साइडबाट हिड्ने बनाइएको छ भने मोटरसाइकल र अटोलाइ अर्को साइडबाट लेन बनाइएको छ । अलगअलग अलग लेन भएको कारण भन्सारमा हुने छलिमा पारदर्शीतरिकाले निगरानी गर्न सकिने नेपालगन्ज भन्सार प्रमुख धुर्बराज बिश्वकर्माले साहारा टिभीलाई बताउनु भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment