Latest
img

अर्घाखाँचीमा ट्रक दुर्घटना, चालकसहित २ जनाको मृत्यु

राज शाही

अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।

उनका अनुसार गिटी बोकेको ना ६ ख २७३९ नम्बरको ट्रक शीतगङ्गा नगरपालिका– ८ सातमाराको राप्ति पुल नजिकै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment