मंग्सिर २६, २०८० मंगलबार
हिकमत कुमार शाही कोहलपुर
जिल्ला ट्राफिक बाँकेले तीब्रगतिमा गाडी चलाउनेलाई अनुगमन गर्दै जरिवाना गर्ने कामलाई तीव्रता दिएको छ । कोहलपुर नेपालगन्ज सडकखण्डमा राडार गन मेसिनको मदतले गाडी मोटरसाइकलहरुको गतिमापन गर्दै ओभरस्पिड चलाउने गाडीचालक १ हजार रुपैया जरिवाना गर्ने गरेको जिल्ला ट्राफिक असइ मदन मटारले साहारा टिभीलाई बताउनु भयो । करिब १ हप्ताबाट जिल्ला ट्राफिक बाँके प्रहरीको टोलिले कोहलपुर नेपालगन्ज सडक खण्डमा राडारगनले अनुगमन गर्दै आएको छ तर यता गाडीचालकहरुले भने गतिनियन्त्रण सम्बन्धि कुनै बोरा नराखेको भन्दै गुनासो गरेका थिए । कोहलपुर नेपालगन्ज सडकखण्डमा ६० किलोमीटर प्रतिघन्टा भन्दा बढीगतिमा सवारी चालकलाई ट्राफिक प्रहरी बाँकेले १ हजार जरिवाना गर्ने बताएको छ ।
Leave A Comment