मंग्सिर २८, २०८० बिहिबार
टार्जन ओलि कोहलपुर
बाँके को नेपालगंज उपमहानगरपालिका १० साझा चोक स्थित चारबहिनी बाट जमुनाह तर्फ अवैध रुपमा लैजादै गरेको सुन जस्तो देखिने पहेंलो धातु सहित एक भारतीय नागरिक लाई प्रहरी टोली ले पक्राउ गरेको हो । भारत बाबागंज बस्ने वर्ष ४० को बब्लु भन्ने संजय कुमार सोनीले चलाएको युपी ४० एयु ४१९६ न को मोटरसाइकल लाई शंका लागि चेक जाँच गर्ने क्रममा निजको साथ मा मिनीहार २ थान ,मसिनो सिक्री १ थान , नथिया ठूलो सानो १० थान ,लकेट १ थान ,कानमा लगाउने झाला ४ थान ,औंठी १ थान जस्ता गरगहना भेटे पछि नेपाल प्रहरी को टोली ले पक्राउ गरेको हो । उनी बाट बरामद भएका गरगहना को तौल ७० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय बाँके का सूचना अधिकारी नारायण डाँगी ले बताउनु भयो ।
Leave A Comment