मंग्सिर २८, २०८० बिहिबार
हिकमत कुमार शाही कोहलपुर
बर्दियाको गेरुवा गाउपालिकाको कार्यलयले शिक्षकसेवा परिक्षा पास गरेर आएका प्रकाश शाहीलाई गाउपालिकाको बिधालयमा हाजिरी गर्न नदिएपछि यतिबेला यो बिसको सामाजिक संजालमा चर्को आलोचना भएको छ । शिक्षा बिकास तथा समन्वय इकाई बर्दियाले शाहीलाई गेरुवा गाउँपालिकामा अबस्थित श्रेष्ठ पशुपति माध्यमिक बिधालयमा माध्यमिक तह तृतीय श्रेणीको अध्यापनको लागि सिफारिस पत्रसहित हाजिरीको लागि पत्र दिएपनी गाउँपालिका अध्यक्षको दबाबमा हाजिरी गर्न नदिएको शिक्षक प्रकाश शाहीले साहारा टिभीलाई बताउनु भएको हो । गोप्य सुचना अनुसार बिधालयका अस्थायी शिक्षक कृष्ण उपाध्ययलाई बचाउनको लागि अध्यक्षले दबाब दिएको जानकारीमा आएको हो । अस्थायी शिक्षक कृष्ण उपाध्यय र गाउँपालिका अध्यक्ष एउटै पार्टी र आफन्त भएको जानकारीमा आएको छ ।
Leave A Comment