Latest
img

भन्सार गरेको सामान राजस्व अनुसन्धान कार्यलय लिन खोजेपछि नेपालगन्ज तनावग्रस्त ।

हिकमत कुमार शाही कोहलपुर

नेपालगन्ज भन्सार गरेर ल्याएको सामान राजस्व अनुसन्धान कोहलपुर लिन खोजेपछि ब्यापारी र शसस्त्र प्रहरी बिच झडप भएको छ । नेपालगन्ज जमुनाह भन्सार गरेर जाजरकोट लिन लागेको कम्बल शसस्त्र प्रहरीको टोलिले रोकेर राजस्व अनुसन्धान कोहलपुर लिन खोजेपछि नेपालगन्ज उधोग बाणिज्य संघका अध्यक्ष टंक धामी सहित अन्य पदाधिकारीले रोकेका थिए। अध्यक्ष टंक धामी संग घटनाको बिसयमा बुज्दा धामिले एकपटक भन्सार गरिसकेको सामानलाई फेरि जफत गर्न खोज्नु राज्यको दादागिरी भएको बताउनु भएको हो । ट्रकमा ल्याएको सामान भन्सार लिने भनेर शसस्त्र प्रहरीले भनेपनी राजस्व अनुसन्धान कोहलपुर लिन खोजेपछि नेपालगन्ज पुस्पलालचोकमा ब्यापारीहरुले बिचरोडमा बसेर आन्दोलन गरिरहेका छन भने ट्रकको सामान अनुसन्धान कार्यलय कोहलपुर लिन नदिने बताएका हुन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment