मंग्सिर ३०, २०८० शनिबार
हिकमत कुमार शाही कोहलपुर
नेपालिमा एउटा चर्चित गित छ खादै नखाको बिषले ज्युदै मार्यो हो अहिले कोहलपुर नगरपालिका मदनचोकमा मासु पसल गर्दै आएकि रमिता थारुलाई खादै नखाएको बिषले ज्युदै मारेको जस्तै भाको छ । कोहलपुर नगरपालिका मदनचोकमा मासु पसल संचालन गर्दै आएकि थारुलाइ जब खजुरामा रहेको बिजया लघुबित्त बित्तीय सस्थाको शाखा बागेश्वरी लघुबित्तबाट २ लाख रुपैया ऋण खाएको भन्ने थाहा भयो तब उनि छागा बाट खसेजस्तो भइन । भएको के रहेछ भने रमिता थारुको नाम बाट कसैले नक्कली कागजपत्र बनाइ उनको कागजात दुरुपयोग गरि २ लाख ऋण खाएको र त्यो कुरा उनिलाइ समेत थाहा नभएको तर जब उनले लघुबित्तबाट ऋण निकाल्न खोज्दा सिआइसी रिपोर्ट हेर्दा बिजय लघुबित्तको खजुरा शाखा बाट २ लाख रुपैयाँ ऋण खाएको देखिएपछि उनि आश्चर्यमा परेकी हुन ।थारुले खजुराको लघुबित्त बाट ऋण निकाल्नु त परको कुरा उक्त लघुबित्तको नाम समेत नसुनेको साहारा टिभीलाई बताएकी छ्न । उनका अनुसार कोहलपुरमा रहेको सिटि सहकारी सस्थामा २०७२ सालदेखि कारोबार गर्दै आएको र त्यही सस्थाबाट आफ्नो कागजपत्र दुरुपयोग गरि २ लाख रुपैयाँ ऋण निकालेको उहाले बताउनु भयो । आफुले खादै नखाएको ऋणको बारेमा बुझ्न खोज्दा बागेश्वरी लघुबित्तका डन्ड बहादुर चन्दले धम्की दिने गरेको बताए । यहि बिसयमा बुझ्न खोज्दा बागेश्वरी लघुबित्तका म्यानेजर खगेन्द्रराज जोशिले आफू बिदामा बसेको कारण बोल्न नमिल्ने बताए ।बिजय लघुबित्तबाट थारुको नामबाट २ लाख ऋण लगेको कुरा बाहिर आएपछि श्रीमान श्रीमती बिच समेत विवाद उत्पन भएको र ऋणकै बिसयले कति रात सुत्न नसकेको उहाले बताउनु भयो । हामी उहाँहरु संग यो बिसयमा रिपोर्टिङ गर्दासमेत उहाहरु निकैबेर डराउनु भएको थियो भने कतै यो समाचार बाहिर आए आफुहरुलाइ मार्ने त होइनन प्रतिप्रश्न गर्नु भएको थियो । लघुबित्तको ऋणको बिसयमा अहिले दुई दम्पतीहरु सरोकारवाला निकायमा धाएको धेरै भयो तर अहिलेसम्म न्याय नपाएको उहाहरुको गुनासो रहेको छ ।
Leave A Comment