मंग्सिर ३०, २०८० शनिबार
टार्जन वली कोहलपुर
बाँके को कोहलपुर नगरपालिका मा कलश यात्रा भयको छ । कोहलपुर नगरपालिका वडा न १२ चपरगौडी मा अबस्थित श्री राम जानकी मन्दिरमा बिबाह पन्चमी को उपलक्ष्य मा कलश यात्रा गर्न लगेको कोहलपुर नगरपालिका वडा न ६ का अध्यक्ष ले बताउनु भयो । धेरै वर्ष अगाडि बाट धर्मकला संस्कृति बचाउन को लागि बिबाह पन्चमी को उपलक्ष्य कलश यात्रा गर्दै आइरहेको माननीय सञ्जु कुमारी चौधरी ले बताउनु भयो । कलश यात्रा चपरगौडी देखि रझेना हुँदै कोहलपुर नगरपालिका को प्राङ्गण सम्म पुग्ने माननीय चौधरी ले बताउनु भयो । कलश यात्रा गर्ने सबै साधु भगत हरु लाई जलपान का लागि माननीय चौधरी ले व्यवस्थापन गर्दिनु भएको हो ।
Leave A Comment