मंग्सिर ३०, २०८० शनिबार
हिकमत कुमार शाही कोहलपुर
सुर्खेतमा बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक २६ बर्सिय मनोज सुनारको मृत्यु भएको छ । सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा न १२ सुब्बाकुना नजिक शैक्षिक भ्रमणमा आएको भे १ क ११२२ नम्बरको बसले बिपरित दिशाबाट आएको भे ३ प ९७ ४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । बसको ठक्कर बाटसुनारलाई टाउको र खुट्टामा गम्भीर भएको अबस्थामा प्रादेशिक अस्पताल कालागाउ लगिएपनी डाक्टरले उनलाई मृत घोषणा गरेका हुन । मोटरसाइकललाई ठक्कर दिने बस नेपालगन्ज उपमहानगरपालिका १२ मा अबस्थित युनाइटेड एकेडेमीको रहेको र बस चालक नेपालगन्जका वडा न ११ का ५९ बर्सिय रमेश कुमार बर्मालाइ जिल्ला प्रहरी कार्यलय सुर्खेतको नियन्त्रण लिएको प्रहरीले बताएको छ । दुर्घटनामा मृत्यु हुने २६ बर्सिय युवक मनोज सुनार सुर्खेत धुलियाबिटका स्थायी बासिन्दा रहेको जानकारीमा आएको छ ।
Leave A Comment