Latest
img

मुख्यमन्त्रीलाई स्कटिङ गरिरहेको प्रहरीको गाडिले ठक्कर दिदा २ जना घाइते ।

हिकमत कुमार शाही कोहलपुर

बाँकेको हवल्दारपुर नजिकै  प्रहरीको गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । नेपालगन्ज देखि कोहलपुर घर आउदै गरेका ५० बर्सिय देब बहादुर खत्री र उनकी श्रीमती ४७ बर्सिय गङ्गा खत्रीलाई प्रहरीको गाडीले हवल्दारपुरचोक नजिक पछाडि बाट ठक्कर दिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई स्कटिङ्ग गरिरहेको नेपाल प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो । घाइतेहरुलाई लाग्ने  सम्पुर्ण उपचार खर्च ईलाका प्रहरी कोहलपुरले दिने डिएसपी सुन्दर तिवारीले बताउनु भएको छ । घाइतेहरुको उपचार अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भइरहेको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment