इलाका प्रहरी कोहलपुर का प्रहरीजवान विशाल ओली लाई ड्यूटी मा खटिएको बेला जिप ले ठक्कर दिँदा घटनास्थल मै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुर को मातहत मा रहेको प्रहरी बिट मदनचोक मा २०८० मङ्सिर २८ गते राति ड्युटी मा खटिएको समय मा पूर्व पश्चिम राजमार्ग सडकखण्ड मा मृत्यु भएका ओली को परिवार लाई सहयोग स्वरुप दुई लाख सन्ताउन हजार नौ सय आठासी रुपैयाँ हस्तान्तरण गरिएको छ । इलाका कार्यालय तथा मातहत मा समेत कार्यरत प्रहरी अधिकृत,हवल्दार ,जवानहरु ले रकम संकलन गरी ओली को परिवार लाई बुझाइएको हो । इलाका प्रहरी कार्यालय कोहलपुर का प्रमुख सुन्दर तिवारी र बाँके जिल्ला का प्रवक्ता नारायण डाँगी मृतक विशाल ओली को घर वटन जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका १३ छिवाङ गई मृतक प्रहरी जवान विशाल ओली को आश्रित परिवार लाई सहयोग स्वरुप रकम हस्तान्तरण गर्नु भएको हो ।
Leave A Comment