Latest
img

प्रदेशकृषि मन्त्रीद्वारा उद्द्घाटन हुँदै आज बाट सुरु भयो नेपालगन्ज महोत्सव । भिडियो सहित

हिक्मत कुमार शाही कोहलपुर

छैठौं नेपालगन्ज महोत्सव २०८० आज बाट सुरु भएको छ । ए. जि सर्भिस प्रा. लि नेपालगन्जको आयोजनामा संचालन भएको महोत्सवको    उद्दघाटन  कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले रिबन काटेर गर्नु भएको हो।  नेपालगन्जको धम्बोजी चोक बाट झाकी , पन्चेबाजा मयुरनाच सहित गरिएको र्याली धम्बोजी पुस्पलाल चोक , कारकादो हुँदै महोत्सव स्थलसम्म पुगेको थियो । र्यालिमा नेपालगन्जका बिभिन्न बिधालयहरुको समेत सहभागिता रहेको थियो। कृषि प्रबर्द्धन ब्यापारिक तथा रोजगार पुर्बाधार भन्ने मुल नारासहित ए.जि सर्भिस प्रा.लि नेपालगन्जले आयोजना गरेको महोत्सवमा झन्डै ३ लाख बढी दर्शकले मेला अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।महोत्सवमा थारु गाउँ , बालउधान , सबै प्रकारका स्टल राष्ट्रिय तथा स्थानीय कलाकारहरुको जोड्दार प्रस्तुति रहने  ए. जि सर्भिस प्रा.लिका अध्यक्ष नन्दु बुढाले साहारा टिभीलाई बताउनु भएको छ । बिहान १० बजेदेखी साझ ७ बजेसम्म संचालन हुने मेलामा टिकट दर साधारणका लागि प्रतीब्यक्ति १०० रुपैयाँ र बिद्यार्थीहरुका लागि ८० रुपैयाँ रहेको आयोजकले जानकारी गराएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment