पुष ७, २०८० शनिबार
बसन्त बचत तथा ऋण सहकारी संस्था लि ले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बाँके को कोहलपुर नगरपालिका वडा नं २ मा रहेको सहकारी संस्था ले “सहकारीको दिगोपन, स्वनियमन र स्वशासन ” नारा का साथ १२औं वार्षिक साधारण सभाको प्रतिवेदन २०८० तयार पारेको छ । कार्यक्रम को सभापतिका रुपामा संस्था का अध्यक्ष श्री शसिन्द्र शाही र प्रमुख अतिथि का रूपमा कोहलपुर नगरपालिका वडा नं २ का अध्यक्ष हरि कठायत हुनुहुन्थ्यो ।भने कार्यक्रम को उद्दघाटन दियो बालेर अध्यक्ष कठायत ले गर्नु भएको हो । एउटै सोच विचार भएका १० महिला र २३ पुरुष जना गरी जम्मा ३३ जनाको उपस्थिति मा सञ्चालन गरेको यो संस्था ले जनतालाई सन्तोषजनक बनाउँदै आइरहेको प्रबंधकिय व्यवस्थापक बलराम खनाल ले बताउनु भयो । कार्यक्रम मा स्थानीय कला लाई जोड दिँदै नाच पनि भएको थियो भने साधारण सभामा उत्कृष्ट बचत समूह लाई सम्मान तथा नगद पुरस्कार वितरण गरिएको हो ।
Leave A Comment