पुष १२, २०८० बिहिबार
उमेरले मात्र २२ वर्षकि ममता टमट्टा शाहको अहिले २ वटा मृगौला फेल हुदा जिन्दगी पिडादायी भएको छ । लाउलाउ खाउखाउ भन्ने यो उमेरमा मृगौला फेल हुदा उपचार खर्च करिब १९ लाख खर्च भइसक्यो तर रोग निको हुने कुनै छाटकाट छैन भन्छन उनका श्रीमान सुमन कुमार शाह ।
कोहलपुर नगरपालिका वडा न ८ पिपरी घर भएकि ममता टमट्टाको ६ बर्सिय छोरा छन , भारत गुजरात कमाउन गएको बेला टमट्टालाई मुख सुन्निने समस्या भएपछि अस्पताल गएर चेकजाँच गर्दा ६ महिना अगाडि मृगौला फेल भएको थाहापाएको उनका श्रीमान सुमन कुमार शाहले साहारा टिभीलाई बताए । युरिकएसिडबाट पीडित टमट्टा लामो समयदेखि औसधि सेवन गरिरहेका कारण मृगौला फेल भएको हुन सक्ने आकलन उनका श्रीमानले गरे । टमट्टाको उपचारका लागि भनेर गाउघरबाट ७० हजार नउठेको पनि होइन तर कोहलपुर शिक्षण अस्पतालमा उपचार गर्दा गर्दै उक्त रकम सकिएको र अहिले थप उपचार गर्न काठमाडौ लानु पर्ने भएपनी एम्बुलेन्सलाई तिर्ने भाडा समेत नहुदा टमट्टा सबै सङ्ग हारगुहार मागिरहेकि छन । मृगौला फेल ममता टमट्टाको उपचारमा सहयोग होस भन्ने हेतुले राप्रपा नेपाल कोहलपुर नगरसभापति प्रमात कुमार श्रेष्ठले समेत सबै सङ्ग सहयोग ल्याउने बाताबरण बनाइरहेको पीडितले बताए । मृगौलाबाट पीडित टमट्टाका ससुरा ३ वर्स अगाडि कोरोनाबाट निधन भएका थिए भने सासुको थ्रेसरमा टाउको परेर घाइते भएर बाचेको उनले बताइन । टमट्टालाई आफ्नो मृगौला दिन उनका श्रीमान सुमन कुमार शाह तयार छन तर आफुले मृगौला दिदा समेत उपचार खर्च १२ लाख लाग्ने भएको कारण उनी सबैसङ्ग सहयोग मागेर भएपनी आफ्नो परिबार बचाउन चाहेको बताउछन । यदि तपाई उहालाइ सहयोग गर्न चाहनुहुन्छ भने उहाको परिबारका ब्यक्तीको नम्बर राखिदिएका छौ । सम्पर्क गर्नु होला । ९८६८९०२६९४
Leave A Comment