Latest
img

कोहलपुर मेयर कप मा बालविद्या विजेता

सातौं अन्तर मावि मेयर कप तथा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता समापन भएको छ । कोहलपुर नगरपालिका वडा न २ स्थित १३ बिगाहा मा सञ्चालन भएको सातौं अन्तर मावि मेयर कप तथा १६औं राष्ट्रपति रनिङ शिल्ड को प्रथम पुरस्कार बाल विद्या माध्यमिक विद्यालय ले हात पारेको छ । पौष १० गते देखि सञ्चालन भई १३ गते समापन भएको रनिङ शिल्ड मा ३६ माध्यमिक विद्यालय को सहभागिता रहेको थियो। उक्त विद्यालय हरु मध्ये रनिङ शिल्ड को प्रथम बाल विद्या ,दोस्रो त्रिभुवन मा भी र त्यस्तै तेस्रो स्थान डायनामिक मा वि ले हात परेको छ । स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नारा सहित सञ्चालन भएको रनिङ शिल्ड मा मार्च पास मा वेस्टर्न मा वि र अनुशासित विद्यालय मा उत्कृष्ट कृष्ण मा भी भएको हो । उक्त प्रतियोगितामा कोहलपुर नगरभित्रका सामुदायिक र निजी गरी जम्मा ३६ माध्यमिक विद्यालयका १ हजार ३ सय ६७ जना खेलाडी ले भाग लिएका थिए । जसमा ७ सय ९६ जना छात्र र ५ सय ७१ जना छात्राको सहभागी रहेको थियो । रनिङ शिल्ड मा एथ्लेटिक्स,भलिबल,कबड्डी र मार्सलआर्ट गरी चार विधा मा खेल भएको थियो । विद्यार्थीहरू लाई किताब मात्र रत्न पठाएर होइन अब बहुप्रतिभाशाली बनाउनका निमित्त खेलकुद मा पनि अगाडि बढाउने कोहलपुर नगरपालिका का मेयर पूर्ण प्रसाद आचार्य ले बताउनु भयो । बाँके जिल्ला को मात्र नभएर देश भरिका पालिकाहरु मध्य मा कोहलपुर नगरपालिका मात्र खेलकुद मा अगाडि बढ्दै गरेको र कोहलपुर नगरपालिका संग अरु पालिका ले पनि सिको गर्नु पर्ने मेयर आचार्य ले बताउनु भयो । आजका दिन सम्म विद्यालय का लागि खेल्नु भयो अब तपाईं हरु पालिका का लागि खेल्नु पर्छ ।त्यसैले अब खेलाडी को सम्पूर्ण जिम्मेवारी पालिका ले लिने बताउनु भयो । जिल्ला ,केन्द्र सम्म विजेता गराउनका लागि जस्तो भूमिका पनि निर्वाह गर्न तयार रहेको मेयर आचार्य ले बताउनु भयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment