कोहलपुर मा एकदिने स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर सम्बन्धी व्यवस्थापन सम्बन्धी शिविर समापन भएको छ ।
कोहलपुर नगरपालिका वडा नं.११ को आयोजना, कोहलपुर नगरपालिका स्वास्थ्य शाखा र नगर अस्पतालको समन्वय तथा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको सहजीकरणमा शिविर आयोजना गरिएको कोहलपुर नगरपालिका वडा नं ११ का अध्यक्ष कल्पना शर्मा ले बताउनु भयो ।
शिविर मा कोहलपुर नगरपालिका ११ का मात्र स्थानीय नभएर अन्य वडा त्यस्तै बैजनाथ गाउँपालिका का स्थानीय गरी २०७ जना ले सेवा लिनु भएको थियो। घर घर मा स्वास्थ्य नाराका साथ शिविर सञ्चालन गरेको अध्यक्ष शर्मा ले बताउनु भयो ।
शिविरमा क्यान्सर अस्पतालको विज्ञ चिकित्सकको टोलिले बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्नु भएको थियो भने औषधि निःशुल्क वितरण गरिएको थियो ।
Share:
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं
फेसबुक र
ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
Leave A Comment