पुष १५, २०८० आइतबार
हिक्मत कुमार शाही कोहलपुर
पुष १५ को चिसो रात अरु नयाँ बर्ष मनाउन होटल रेस्टुरेन्टमा रमाइलो गर्दै छन तर उमेरले ४० वर्षका उमेश सहनी भने कोहलपुर वडा न ५ बिकासनगरमा पानीपुरी बेच्न ग्राहक पर्खिरहेका भेटिए । नेपालमा रोजगारी छैन भन्दै नेपाली युवाहरु बिदेश जान मरिहत्ते गरिरहेको समयमा पानीपुरी र चटपटे बेचेर भारत बिहार मितिहारी जिल्लाका उमेश सहनी भने मासिक ६० हजारसम्म कमाउने गरेको बताए । भारतिय नागरिक सहनी बिगत १५ बर्स देखि कोहलपुरमा पानीपुरी र चटपटे बेचिरहेको र पानीपुरिको ब्यापारबाट २ छोराछोरीलाई पढाउने देखि घरपरिबार सम्मको खर्च चलाउने गरेको साहारा टिभीलाई बताए । एक छोरा एक छोरी भएका सहनी पानीपुरी र चटपटेको ब्यापार गर्न लगानी थोरै लाग्ने भएपनी काममा भने धेरै खटिनु पर्ने बताउछन । आफुले बेच्ने पानीपुरी आफै बनाउने सहनी भन्छन श्रीमती घरव्यबहार चलाउछिन भने आफू दिनभर पानीपुरी र चटपटे बेचेर घरपरिबार चलाएको उनले बताए । भारत बिहारको मोतिहारी जिल्ला बाट १५ वर्स अगाडि कोहलपुर आएर पानीपुरी बेच्न थालेका उमेश सहनी नेपाली भाषा प्रष्ट बोल्छन भने छोराछोरीलाई समेत कोहलपुरकै एक बिधालयमा पढाइरहेको बताउछन ।
Leave A Comment