Latest
img

त्रिभुवन नमुना मा.वि.कोहलपुर र आर्दश मा.वि. नेपालगञ्जका शिक्षक कर्मचारीबिच मैत्रीपुर्ण क्रिकेट प्रतियोगित हुदै।

त्रिभुवन नमुना मा.वि.कोहलपुर र आर्दश मा.वि. नेपालगञ्जका शिक्षक कर्मचारीबिच मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी शनिवार कोहलपुर स्थित क्रिकेट मैदानमा विहान ८ः०० बजे शुरु हुनेछ । नेपाली पुरुष राष्ट्रिय टिमका पुर्व कप्तान एल.वि. क्षेत्रीले यस खेलले क्रिकेट खेलको विकास, उन्नयन एवं यूवा समुदायमा पे्ररणा जगाउन महत्वपुर्ण टेवा पुर्याउने  बताए । आयोजक मध्यका  एक शिक्षक नेता एवं समाजसेवी ऋषिराज शर्माले यस खेलले सामाजिक सद्भाव र सहिष्णुता तथा क्रिकेट खेलाडीको रुपमा उदयीमान यस क्षेत्रका भाईवहिनीहरुलाई उत्प्रेरणा प्रदान गर्न टेवा पुग्ने बताए साथै सामुदायिक र संस्थागत विद्यालय बिचको हार्दिकता तथा सामिप्यता यस खेलको अर्को महत्वपुर्ण विशेषता रहने बताए । यसैबिच उपाधि दाबेदारको रुपमा हेरीएको त्रिभुवन नमुना मा.वि.कोहलपुरले नेपाली पुरुष राष्ट्रिय टिमका पुर्व कप्तान एल.वि. क्षेत्रीको कप्तानीमा आफ्नो टिम सार्वजनिक गरेको छ । उप कप्तानको जिम्मेवारी गणेश खड्कालाई प्रदान गरीएको छ भने टिमको मुख्य प्रशिक्षकमा ऋषिराज शर्मा रहेका छन् भने सहायक प्रशिक्षको जिम्मा ज्ञानेश्वर शर्मालाई दिईएको छ । टिम म्यानेजरमा केशराज खड्का रहेका छन् । यसैगरी फिजियोमा लक्ष्मण कँुवर रहेका छन् । त्रिभुवन नमुना मा.वि.कोहलपुरको टिमः १. एल.वि क्षेत्री –कप्तान २.गणेश खड्का –उपकप्तान ३. अनुभव अधिकारी – विकेट किपर ४.ईन्द्र वि.सी. ५.राम अधिकारी ६. अजय यादव ७. बिमल श्रेष्ठ ८. महोमद सिराज ९.देवसिँह राना १०.रितेश नाग ११. नवल यादव बैकल्पिक खेलाडी १. ध्वज भण्डारी २. सरोजवाव पंगेनी ३. तरुण चौधरी ४. कृष्ण रावत

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment