पुष २१, २०८० शनिबार
टार्जन वली कोहलपुर
कोहलपुर नगरपालिका वडा नं.११ मा रहेकाे प्रबुद्ध जेष्ठ नागरिक मञ्चमा जेष्ठ नागरिक हरुलाई सुगर , युरिक एसिड जस्ता समस्या सम्बन्धी शिविर गरिएको छ । उक्त शिविरमा ३९९ जनाले सेवा लिएका थिए । कोहलपुर नगरपालिका वडा नं.११ को आयोजनामा कोहलपुर नगरपालिका स्वास्थ्य शाखा को समन्वयमा भएको शिविर मा निःशुल्क चेकजाँच तथा औषधि वितरण गरिएको कोहलपुर नगरपालिका वडा नं ११ का अध्यक्ष कल्पना शर्मा ले बताउनु भयो । शिविरमा नगर स्वास्थ्य शाखा का विज्ञ चिकित्सकको टोलिले बिरामीहरुको स्वास्थ्य चेकजाँच गरेका थिए । जेष्ठ नागरिकको समस्या पहिचानगरी तत्काल उपचारमा सहजताहोस् भन्ने उद्देश्यले आयोजित शिविर निकै उपयोगी र फलदायी हुने वडाअध्यक्ष कल्पना अधिकारीले बताउनु भयो । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विश्वकर्माले आफ्नो स्वास्थ्यबारे जेष्ठ नागरिकहरु सचेत बन्नुपर्ने बताउनु भयो। कोहलपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै उनले वडा स्तरमा आयोजना गरिने यस्ता शिविरले स्वास्थ्यमा पहुँच नपुगेकालाई ठूलो राहात दिने उल्लेख गरे ।
Leave A Comment