Latest
img

मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा नेपालगन्जको आदर्श माबी बिजयी ।

त्रिभुवन नमुना मा.वि.कोहलपुर र आर्दश मा.वि. नेपालगञ्जका शिक्षक कर्मचारीबिच मैत्रीपुर्ण क्रिकेट खेलमा आर्दश मा.वि. नेपालगञ्ज विजयी भएको छ । विहान ९ः०० बजे समाजसेवी तथा शैक्षिक ब्यक्त्वि केसर बहादर आले र प्रदेश ५ का क्यानका प्रशिक्षक दिपेन्द्र प्रताप सिँहले सँयक्त रुपमा उद्घाटन गरेका थिए । खेल १५–१५ ओभरको खेलाईएको थियो । टस हारेर ब्याटिको निम्तो पाएको घरेलु टोली १५ ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमा समेटियो । ओपनर ईन्द्र वि.सी.४ रन बनाएर सस्तैमा आउट भएपछि दवावमा आएको घरेलु टोली अर्का ओपनर लक्ष्मण कँुवर र अनुभव अधिकारीले दोस्रो विकेटका लागी ५१ रनको साझेदारी गरेपछि घरेलु टोलीले ठुलो लक्ष्यतर्फ अगाडी बढेको थियो तर ११ औँ ओभरमा ओपनर लक्ष्मण कुँवर २२ रनमा रिर्टाएड हर्ट भएर बाहिरीएका थिए लगत्तै १२ औँ ओभरमा अर्का आशालाग्दा ब्याटस्म्यान अनुभव अधिकारी ३१ रनमा क्याच आउट भएपछि टिमको लगातार विकेट पतन भइरह्यो पाचौँ नम्वरमा ब्याटस्म्यानका रुपमा आएका टिमको कप्तान समेत रहेका एल.वि. क्षेत्रीले एउटा एण्डबाट ११ रन बनाएर केही प्रयास गरेपनि अर्को एण्डबाट लगातार विकेट गएपछि टिमले ठुलो स्कोर खडा गर्न सकेन । बलिङतर्फ टंक गौतमले ३ ओभरमा १४ रन खर्चेर ४ विकेट लगे । यसैगरी शिखर श्रेक्ष्ठले ३ ३ ओभरमा १५ रन खर्चेर २ विकेट लगे भने अजय यादब, निराजन, प्रविण पाण्डे र शसिल को नाममा १÷१ विकेट रह्यो । जितको लागि ८४ रनको सामान्य विजयी लक्ष्य पछ्याएको आर्दश मा.वि. नेपालगञ्जले ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । आर्दश मा.वि. नेपालगञ्जको जितमा निराजनले २३ बलमा १ चौका र २ छक्कासहित ३५ रनमा आउन भए भने कप्तान समेत रहेका टंक गौतम २२ रन बनाएर आउन भए। बलिङतर्फ ईन्द्र वि.सी.ले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लगे । यसैगरी रितेश नागले ३ ३ ओभरमा १३ रन खर्चेर १ विकेट लगे भने १ विकेट अजय यादबको नाममा रह्यो । खेलको म्यान अफ द म्याच आर्दश मा.वि. नेपालगञ्जका निराजन भएका थिए भने खेलपछि आर्दश मा.वि. नेपालगञ्जलाई नेपाली पुरुष राष्ट्रिय टिमका पुर्व कप्तान एल.वि. क्षेत्री, शिक्षक महासंघ बाँकेका अध्यक्ष पवन यादव, शिक्षक सघं बाँकेका अध्यक्ष ऋषिराज शर्मा, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य ज्ञानेश्वर शर्मा र नेपाल राष्ट्रिय शिक्षक संगठनका कोहलपर नगर सचिव गणेश खड्काले सयुंक्त रुपमा मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा उपस्थित अतिथिहरुले एकै स्वरमा यस खेलले क्रिकेट खेलको विकास, उन्नयन एवं यूवा समुदायमा पे्ररणा जगाउन महत्वपुर्ण टेवा पु¥याउने बताए । यस खेलले सामाजिक सद्भाव र सहिष्णुता तथा क्रिकेट खेलाडीको रुपमा उदयीमान यस क्षेत्रका भाईवहिनीहरुलाई उत्प्रेरणा प्रदान गर्न टेवा पुग्ने बताए साथै सामुदायिक र संस्थागत विद्यालय बिचको हार्दिकता तथा सामिप्यता यस खेलको अर्को महत्वपुर्ण विशेषता रहने बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment