पुष २३, २०८० सोमबार
३३ औं प्याब्सन स्थापना दिवस पौष २४ गते देश भरी मनाइँदै देश भरी छरिएर रहेका निजी विद्यालय लाई एउटै छाता मुनि ल्याउने उद्देश्य ले २०४७ सालमा प्याब्सन को स्थापना भएको थियो । बाँके प्याब्सन ले ३३ औं स्थापना दिवस पौष २४ गते विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । प्याब्सन स्थापना भए पश्चात देशभरि शैक्षिक कार्यक्रममा एकरूपता ल्याउने , संस्थागत हकहितका लागि काम गर्ने लगायतका काम गर्दै आइरहेको प्याब्सन बाँके का अध्यक्ष यम रावत ले बताउनु भयो । राष्टिय विपतिको समयमा प्याब्सन सदस्य विद्यालयको सामूहिक योगदानमा आर्थिक सामजिक दायित्व अन्तर्गत राहत वितरण लगायतका कार्य समेत गर्दै आएको अध्यक्ष रावत ले बताउनु भयो । निजी विद्यालय ले झण्डै ३ लाख शैक्षिक युवाहरु लाई रोजगार प्रदान र राज्य लाई ३१ % शिक्षा मा सहयोग पनि गरिरहेको प्याब्सन कोहलपुर नगर अध्यक्ष गोविन्द सुवेदी ले बताउनु भयो । ३३ औं प्याब्सन स्थापना दिवस को अवसरमा कार्यक्रम मा विज्ञान प्रदर्शनी ,बाँके जिल्लाभर का प्याब्सन सदस्य विद्यालयका एक स्कूल एक शिक्षक लाई सम्मान पनि गर्ने बाँके प्याब्सन अध्यक्ष यम रावत ले बताउनु भयो ।


Leave A Comment