पुष २५, २०८० बुधबार
नेपालगन्ज उपमहानगरपालिकाले अबैधरूपमा इ – रिक्सा चलाएको भन्दै हिजो मात्र ५ वटा रिक्सा जेसिबी चलाएर नस्ट गरेको बिसय यति खेर सामाजिक संजालमा चर्चाको बिसय बनिरहेको छ । ५ वटा इ – रिक्सा नेपालगन्ज उपमहानगरपालिकाले नस्ट गरेको बिरोधमा रिक्साचालकहरुले बिरोध प्रदशन गर्नुका साथै इ-रिक्सा बाटोमा तेर्साएर बाटो समेत बन्द गरेका थिए । तर यता नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिस्टले पत्रकार सम्मेलन गर्दै आफुले गरेको काम शतप्रतिशत कानुनबमोजिम र न्यायोचित भएको बताउनु भएको हो । मेयर बिस्टले प्रेस बिज्ञप्ति जारी गर्दै आफू निर्बाचित हुदा जुन कार्य गर्ने भनेर लागेको हो सडक ब्यबस्थापनमा आफू दत्तचित्त भएर लागेको बताउनु भयो । सडक अस्तब्यस्त हुने , दुर्घटना बढ्ने , नियमकानुन बिपरित चलेका इ रिक्सालाई नियमन गर्न गाह्रो हुने देखेर नेपालगन्ज नगरमा आवश्यकता भन्दा धेरै इ-रिक्सा गुडेको कारण ब्यबस्थापनको लागि कडा कदम चाल्न बाध्य भएको बताउनु भयो साथै नियन्त्रणमा लिइसकेपछि पनि १५ दिने सूचना जारी गरेर अधाबधिक गर्न समय दिएको र कुनै पनि कोणबाट बैधानिक साबित नहुने केही इ – रिक्सालाई पुन प्रयोग गर्न नमिल्ने गरि नस्ट गरिएको प्रेस बिज्ञप्तिमा भनिएको छ ।
Leave A Comment