पुष २६, २०८० बिहिबार
कोहलपुर नगरपालिकाको १४ औ नगरसभामा नगरउपप्रमुख संगिता सुबेदीले नगरको कुनै पनि योजनामा आफ्नो राय सल्लाह सुझावलाई प्राथमिकता नदिने गुनासो गर्नु भएको छ । नगरसभा सदस्यलाई सम्बोधन गर्ने क्रममा सुबेदिले हिजोको दिनमा उपप्रमुखलाई हरेक ऐनबनाउदा सहभागीता गराउने गरेपनी अहिले त्यो नभएकोमा आक्रोश पोख्नु भएको हो । सुबेदीले २०७८ शिक्षा ऐन १ वर्सको अवधिमा खारेज हुने अबस्थामा उपप्रमुख , दलितब्यक्ती र अपाङ्गता भएकाहरुलाइ किन समाबेश नगरेको भन्दै प्रतिप्रश्न गर्नु भएको थियो । यहि बिसयमा कोहलपुर नगरप्रमुख पुर्ण प्रसाद आचार्य संग कुरा गर्दा तपाईं कार्यक्षेत्रमा सिमित अधिकार , मात्र भएको र अनुगमन र समन्वय समितीमा तपाईंलाई काम गर्ने अधिकार भएको भन्ने कुराले आफू अपमानित भएको गुनासो गर्नु भएको हो । नगरसभामा बोल्दै सुबेदिले आफुले पनि मेयरजत्तिकै अधिकार पाउने आशयको भावना ब्यक्त गर्नु भएको थियो।
Leave A Comment