Latest
img

ठेकेदारले उपमेयरको कार्यकक्षमा तालाबन्दी गर्न खोजेपछि ।

कोहलपुर नगरपालिकाबाट पाउनु पर्ने भुक्तानी नपाएको भन्दै कोहलपुरका निर्माण ब्यबसायीहरुले कोहलपुर नगरपालिका नगरउपप्रमुखको कार्यकक्षमा तालाबन्दीको प्रयास गरेका छन । कोहलपुर नगरक्षेत्रमा ठेक्कामा पाएको कार्यहरु सम्पन्न भइसक्दा समेत उपमेयर संगिता सुबेदीले अनुगमन नगरिदिदा आफुले पाउने भुक्तानी नपाएको भन्दै निर्माण ब्यबसायीहरुले ताला बोकेर नगरपालिकाको कार्यलय पुगेका हुन । नगरउपप्रमुखको कार्यकक्ष तालाबन्दी गर्ने सुचना पाएलगत्तै ईलाका प्रहरी कोहलपुरको डिएसपी सुन्दर तिवारीको प्रहरी टोलिले नगरपालिकाको कार्यलयमा सुरक्षा बढाएको थियो । नगरउपप्रमुख संगिता सुवेदी कार्यक्रममा गएकाले निर्माण ब्यबसायीको टोलिले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल संग आफ्नो मागको बारेमा सुनुवाइको लागि नगरपालिका संबेदनसिल हुन आग्रह गरेका थिए भने जबाफमा प्रमुख प्रशासकीय अधिकृत ढकालले समस्या समाधानको लागि आफू सक्दो प्रयास गरिरहेको र तालाबन्दी गरेर समस्याको हल नहुने बताउनु भएको हो । यता कोहलपुर नगरउपप्रमुख संगिता सुबेदीले भने आफुले कुनै नियतबस नभइ कार्यब्यस्ताले अनुगमन गर्नमा ढिलाइ भएको र माघ २ गते नै अनुगमनको कामलाई तिब्रता दिने बताउनु भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment