Latest
img

बसमा नेपालगन्ज देखि काठमान्डौ जानेलाइ खादा र मिठाइ सहित सम्मान। (भिडियो सहित)

हिक्मत कुमार शाही कोहलपुर

नेपालगन्ज कोहलपुर हुँदै काठमान्डौ जाने यात्रुलाई पुर्ब पश्चिम यातायात ब्यबसायी प्राली कोहलपुरले खादा र मिठाइ सहित सम्मान गरेको छ । पुर्बपश्चिम् यातायात ब्यबसायी प्राली कोहलपुरको पहिलो प्रस्तुति ग्रेटर नेपाल एयरसस्पेन्सर एसि बस आजकै दिनबाट संचालनमा आएको अध्यक्ष गणेश भुसालले बताउनु भयो । करिब १ करोड रुपैयाँ मुल्यमा खरिद गरिएको गाडिमा ३७ सिट संख्या रहेको छ भने बस भित्र सोफासिट , वाइफाइ ,सिसिक्यामेरा , एसि , हिटरको समेत ब्यबस्था रहेको पुर्बपश्चिम यातायात ब्यबसायी प्रालीका सचिब गौरव रावलले बताउनु भएको छ । यात्रुको आरामदायी यात्रालाई मध्यनजर गर्दै पहिलोपटक कोहलपुर नेपालगन्जको गाडिमा सोफासेटमा बसेजस्तो अनुभव हुने बसको सिट भएको अध्यक्ष भुसालले बताउनु भयो । पुर्बपश्चिम यातायात ब्यबसायी प्रालीको टिकट काउन्टर नेपालगन्ज , कोहलपुर र काठमान्डौ रहेका छन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment