Latest
img

चिसो बढेपछि कोहलपुर नगर भित्र का विद्यालय मा बिदा

अत्यधिक हुस्सुका कारण चिसो बढेपछि बाँके को कोहलपुर नगरपालिकाले तीन दिन नगरपालिकाभित्रका विद्यालयमा बिदा दिएको छ ।

प्याब्सन , एन प्याब्सन , क्रिसाका अध्यक्ष , जन प्रतिनिधिहरू को संयुक्त उपस्थितिमा बसेको बैठक ले अत्यधिक चिसोका कारण विद्यालयमा पठन पाठन का लागि बालबालिका मा प्रतिकूल असर पर्न सक्ने देखिएको हुँदा विद्यालय बिदा गर्न लागेको शिक्षा तथा खेलकुद शाखा प्रमुख राम बहादुर हमाल ले बताउनु भयो ।

एक साताभन्दा बढी समयदेखि बाक्लो हुस्सु र शीतलहर चलेपछि माघ ८ देखि १०गतेसम्म नगरपालिकाभित्रका सामुदायिक, सस्थागत विद्यालयमा बिदा दिइएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment