Latest
img

पत्रकार महासंघ बाँके अध्यक्षको दादागिरी मिडिया हाउस छोड्न पत्रकारलाई दबाब ।

राजेश्वरी मिडिया हाउसद्वारा संचालित साहारा टिभिमा कार्यरत टार्जन ओलिलाई नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भन्डारीले घरपरिबारमा मानसिक तनाव दिन थालेको भन्दै साहारा टिभी छोड्ने जानकारीमा आएको छ । स्वतन्त्ररूपमा आफुले काम गर्ने अधिकार नेपालको संविधानले दिएपनि संविधानले दिएको अधिकार र मानवअधिकारको हनन हुने गरि दामोदर भन्डारिले साहारा टिभीमा कार्यरत टार्जन ओलिको परिबारलाई दबाब दिने गरेको टार्जन ओलिले बताएका छन । पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भन्डारीले शाहारा टिभीका उत्पादन पत्रकार टार्जन ओलिलाई साहारा टिभी जसरी पनि छोड्न दबाब दिने गरेको बताएका छन । दामोदर भन्डारी बाँकेमा बिबादित पत्रकार हुन भने अहिले भन्डारी श्रीमतीको डिपेन्डेड भिसामा अस्ट्रेलिया बस्दै आएका छन ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई सम्पर्क गर्नु होला हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

अन्य समाचार

Design

Leave A Comment